• फिचर समाचार

    काठमाडाैं उडेकाे यतीकाे जहाज खराबीपछि पाेखरा फर्काइयाे

      ओमकार टाइम्स

    काठमाडौं । पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी आएकाे छ ।

    आज बिहान पोखरा विमानस्थलबाट उडेकाे केहीबेरमा यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन जहाजमा  समस्या आएकाे हो ।

    जहाज उड्दाउड्दै इन्जिनमा समस्या देखिएपछि पाइलटले खबर गरेर सकुशल अवतरण गराइएको गरिएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले नेपालप्रेसलाई बताए।

    उनले भने, ‘ जहाज ८ बजेर ५४ मिनेटमा जहाज विमानस्थलबाट टेकअफ भएको थियो। टेकअफ हुँदाहुँदै जहाजको इन्जिनमा समस्या देखिएकोपछि ग्राउण्ड खाली गराएर उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइसकेको छ ।’

    जहाजमा ४५ जना यात्रु थिए ।

    प्रतिकृया दिनुहोस