• फिचर समाचार

    गुराँस लाइफद्वारा झापाका बीमितलाई ५२ लाख ५५ हजार भुक्तानी

      ओमकार टाइम्स

    गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ का बिमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । मृतक सुदेश राईले भद्रपुरका अभिकर्ता अमित शर्मा मार्फत ५० लाखको बार्षिक नगद फिर्ता जीवन बिमा गराएका थिए ।

    कम्पनीले राईकी पत्नी रुबिना तामाङलाई बिमांक र बोनससहित ५२ लाख ५५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उप–मेयर राधा कार्की तथा कम्पनीका मुख्य प्रबन्धक गिरधर श्रेष्ठले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस