• मुख्य

    संघीयता कार्यान्वयन गर्न नसके संघीयतामाथि प्रश्न उठ्ने एमाले सांसद पण्डितको भनाई

      ओमकार टाइम्स

    काठमाडौं। नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रशासनिक रूपमा संघीयता कार्यान्वयन गर्न नसकेमा संघीयतामाथि प्रश्न उठ्ने बताउनुभएको छ ।

    आजको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद पण्डितले सरकारले यस्तो बताउनु भएको हो । उहाँले संघीय निजामति कर्मचारी सम्बन्धी विधेयक सरकारले नल्याएको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

    उहाँले सरकार संघीयताका पक्षमा रहेको भए चाँडै विधेयक ल्याउन माग समेत गर्नुभयो । वर्तमान सरकार संघीयताको मर्म र भावना विपरीत चलिरहेको उहाँको भनाइ छ ।

    सांसद पण्डितले नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठनले नेपालको विशिष्टकृत शिक्षाको केन्द्र तथा पहिलो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालयलाई पटक–पटक तालाबन्दी गरेर बन्द गराउन खोजेको उल्लेख समेत गर्नुभयो ।

    प्रतिकृया दिनुहोस