• समाचार

    नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु, ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि

      ओमकार टाइम्स

    काठमाण्डौं। नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको हो ।

    पछिल्लो २४ घण्टामा ५ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार २ सय ८२ जनामा गरिएको परीक्षणमा ५ सय ७७ जनामा कोरोना संक्रमण देखिएको हो ।

    त्यस्तै २ सय ६९ जनाले कोरोना जितेका छन् । त्यस्तै २८ हजार २ सय ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशभर ४ हजार ३ सय ५६ जना कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस