• समाचार

    लागुऔषध सहित एक जना पक्राउ

      ओमकार टाइम्स

    प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरुपसहित महोत्तरीका बर्दिबास-६ का २५ वर्षीय संजय परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

    कठुधारस्थित माइस्थान सम्सी सडक खण्डमा अस्थाइ प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आइरहेका परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध मुद्दामा ५ दिन म्याद थप गरी ईलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

     

    प्रतिकृया दिनुहोस