• विदेश

    रणवीर-श्रद्धा अभिनित चलचित्रको सेटमा आगलागी, एक जनाको मृत्यु

      ओमकार टाइम्स

    रणवीर कपुर र श्रद्धा कपुर अभिनित एक चलचित्रको सुटिङ सेटमा शुक्रबार साँझ भयानक आगलागी भएको छ । आगलागीमा परि ३२ वर्षीय एक युवकको मृत्यु भएको कुपर अस्पतालका डा सदाफुलेले बताए । घटनामा एक जना घाइते भएका छन् । मुम्बईको अंधेरी वेस्ट इलाकामा तयार पारिएको सेटमा शुक्रबार सुटिङ भइरहेको थियो ।  साँझ ४:३० बजे अचानक सेटमा आगलागी भएको थियो ।

    नाम तय भइनसकेको यो चलचित्रमा रणवीर र श्रद्धाले चाँडै  सुटिङ गर्ने तयारीमा थिए । आगलागीका कारण सेटमा पूर्ण क्षति पुगेकाले चलचित्रको छायांकन अनिश्चित भएको छ ।

     

    प्रतिकृया दिनुहोस