• समाचार

    कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु, ४३८ जना सङ्क्रमित

      ओमकार टाइम्स

    नेपालमा थप ४३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ६९९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९२ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा थप २ जनाको मृत्यु पनि भएको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनको सङ्ख्या ११ हजार ९६६ पुगेको छ । त्यस्तै, २७७ जना निको पनि भएका छन् । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ४ हजार ३६९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५८ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

    प्रतिकृया दिनुहोस