• सुरक्षा / अपराध

    झापामा खैरो हेरोइनसहित २ जना पक्राउ

      ओमकार टाइम्स


    झापाको मेचीनगर नगरपालिका-६ काकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट करिब २ ग्राम ८ सय मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-६ बिहीबारे बस्ने ३० वर्षीय पुरन राई र सप्तरी बोदे बर्साईन नगरपालिका-५ घर भई हाल झापा बिर्तामोड नगरपालिका-१ भगवान् चोक डेरा गरी बस्ने ३५ वर्षीय नागेन्द्र कुमार यादव रहेका छन् । प्र.३-०१-०२४ च ८००० नम्बरको गाडीलाई इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागू औषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उक्त लागू औषध फेला पारी गाडी चालक पुरन र गाडीमा सवार नागेन्द्रलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस