• विदेश

    रुसी जहाजमा ड्रोन आक्रमण

      ओमकार टाइम्स

    एजेन्सी । क्रिमियाको बन्दरगाहमा रुसी जहाजमा भएको ड्रोन आक्रमणमा पाँच जना घाइते भएका छन् । रुसले कब्जा गरेको सेबास्टोपोल सहरका मेयर मिखाइल रजभोजायेभले उक्त जानकारी दिएका हुन् ।

    ‘आइतबार बिहान युक्रेनी राष्ट्रवादीहरूले रुसी जहाजमा हमला गरे’, उनले टेलिग्राममा भने । उक्त हमलामा ५ जना घाइते भएका प्राप्त विवरणहरूमा जनाइएको छ ।

    युक्रेनी फौजले रुसी सेनाले २४ फेब्रुवरीपछि कब्जा गरेको क्षेत्रलाई पुनः कब्जा गर्ने प्रयास गरेको छ । बुधबार युक्रेनी आक्रमणमा रुसी सेनाले कब्जा गरेको खेरसन सहरको एउटा प्रमुख पुल आंशिक रूपमा ध्वस्त भएको छ ।

    प्रतिकृया दिनुहोस