• राजनीति

    संक्रमणकालीन न्याय कानुनलाई संशोधन गर्न बनेको विधेयकविरुद्ध माइतीघरमा धर्ना

      ओमकार टाइम्स

    काठमाडौं।  नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले संक्रमणकालीन न्याय कानुनलाई संशोधन गर्न बनेको विधेयकमा भएका प्रावधानहरुको विरोध जनाएका छन् । उनीहरुले आज सोको विरोधमा धर्ना समेत दिएका छन्।

    उनीहरुले यहाँ स्थित माइतीघरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक तत्काल संशोधन गर्न माग गर्दै धर्ना दिइएका हुन्।

    धर्नामा सहभागीहरुले ‘दण्डहिनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन’, ‘पीडितलाई न्याय सुनिश्चित गर, पीडकलाई कारबाही गर’, ‘पीडकलाई उन्मुक्ति दिने प्रावधानहरु संशोधन गर’ लगायत लेखिएका प्लेकार्ड तथा पम्पलेट प्रदर्शन गरेका थिए।

    प्रतिकृया दिनुहोस