• मुख्य

    माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित, प्रचण्ड जापानबाट फर्किएपछि बस्ने

      ओमकार टाइम्स

    काठमाडौं । सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्रको आज दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ।माओवादी केन्द्रको केन्द्रीय कार्यालयका अनुसार संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो ।

    अर्को बैठकको समय भने तोकिएको छैन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणबाट फर्किएपछि बैठक राखिने एक नेताले बताए।यसअघि दुई पटक बसिसकेको स्थायी समिति बैठकबाट पोलिटब्युरो र स्थायी समितिलाई पूर्णता दिने, केन्द्रीय विभाग गठन गर्नेलगायतका एजेन्डामा छलफल भए पनि कुनै निर्णय भने हुनसकेको छैन् ।

    प्रतिकृया दिनुहोस