• अन्तरास्ट्रिय

    इरानमा अविरल वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेकाे संख्या ५९ पुग्यो

      एजेन्सी

    एजेन्सी। इरानमा अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेकाे संख्या ५९ पुगेको छ । त्यस्तै, अन्य ३० जना बाढीमा परेर बेपत्ता भएका हुन् । थुप्रै शहर प्रभावित हुँदा १ हजार बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण समेत गरिएको जनाइएको छ । करिब १ हजारको उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

    राष्ट्रपति इब्राहिम राइसीले मन्त्री एवं अधिकारीहरूलाई सम्भावित बाढीबाट जनधनको सुरक्षाका निम्ति उपलब्ध स्रोत–साधन परिचालन गर्न निर्देशन समेत दिनुभएको छ ।

    प्रतिकृया दिनुहोस