• सुरक्षा / अपराध

    काभ्रेस्थलीमा एकै परिवारका चारजनाको विभत्स हत्या

      ओमकार टाइम्स

    काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ । काठमाडौं प्रहरीका अनुसार श्रीमान­–श्रीमती र दुई बालक रहेका छन् । एउटा बालक भर्खरै जन्मेको प्रहरीको भनाइ छ ।

    घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरु गरेका छन् ।

    उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    स्रोतका अनुसार मृतकहरुको पुख्र्यौली घर गोरखा बोर्लाङको नारनपुर हो । मृतकहरुको थर पाण्डे रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस