• सुरक्षा / अपराध

    रुपन्देहीमा साढे १२ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

      ओमकार टाइम्स

    काठमाडौं । रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे १२ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    सिद्धार्थनगर नगरपालिका–१ स्थित बाइपासमा लु ६ प ७१२९ नम्बरको मोटरसाइकलमा सवार भारतीय नागरिक ४६ वर्षीय आशु साहुको साथबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।

    उत्तर प्रदेश घर भएका साहुको साथबाट बरामद भएको उक्त रकम हुन्डीको भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

    प्रतिकृया दिनुहोस