• मुख्य

    पहिरोले घर पुर्दा म्याग्दीमा दाजुभाइको मृत्यु, बाबु-आमा र छोरी बेपत्ता

      ओमकार टाइम्स

    म्याग्दी । भारी वर्षासँगै गएराति पहिरो खस्दा म्याग्दीको मालिका गाउँपालिका-२ रुम गाउँमा तीनवटा घर पुरिएको छ । उक्त घटनामा दुईजनाको मृत्यु भएको छ ।

    घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा छोराहरू १३ वर्षका राजन विक र १५ वर्षका नविन विकको मृत्यु भएको हो । तीनजना अझै बेपत्ता रहेका छन् ।

    प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता छन् । स्थानीयबासीले उनीहरूको खोजी गरिरहेका छन ।

    पुरिएको घरबाट दाजुभाइको शव निकालिएको र इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थलतर्फ हिँडिसकेको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस