• अन्तरास्ट्रिय

    चिनको बिरोधका बाबजुद पेलोसीद्धारा ताइवानको संसदमा संबोधन

      एजेन्सी

    एजेन्सी। अमेरिकाको तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवानको संसदमा सम्बोधन गरेकी छिन्। चिनको विरोधका बाबजुद उनले आज संसदमा सम्बोधन गरेकी हुन् ।

    संबोधनको क्रममा उनले आफूले अमेरिका र ताइवानबीच संसदीय आदानप्रदान बढाउन चाहेको उल्लेख गरेकी छिन्। पेलोसीले ताइवान विश्वको सबैभन्दा स्वतन्त्र समाजमध्येको एक रहेको पनि उल्लेख गरेकी छिन्।

    पेलोसीले आगामी दिनमा अमेरिकाले ताइवानसँग विज्ञान प्रविधि तथा अनुसन्धानको क्षेत्रमा ठूलो लगानीको लागि सहकार्य गर्ने उल्लेख गरेकी छिन्। यसैबीच चीनको विदेश मन्त्रालयले पेलोसीको ताइवान भ्रमणबारे जवाफ माग्दै अमेरिकी राजदूत नेकोलास बर्न्सलाई बोलाएको छ।

    चिनियाँ उप विदेशमन्त्री सिए फेङले पेलोसीको भ्रमणलाई अनैतिक भ्रमणको संज्ञा दिँदै यो भ्रमणले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन्। उनले चीन त्यतिकै चुप लागेर नबस्ने पनि स्पष्ट पारेका छन्।

    प्रतिकृया दिनुहोस