• समाचार

    जाजरकोट , कपिलवस्तु र सुनसरिमा ३ जना मृत अवस्थामा फेला

      ओमकार टाइम्स

    जाजरकोट, कपिलवस्तु र सुनसरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । जाजरकोटको छेडागाड नगरपालिका–१० काफ्ला बस्ने ३२ वर्षीय तिलक पुन सोही ठाउँस्थित लामेखोलाको बीच भागमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ विजयनगर बस्ने कृष्ण औतार यादवको छोरा ८ वर्षीय युवराज यादव सोही ठाउँस्थित सोईया नालामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    सुनसरीको इनरुवा नगरपालिका–९ तिनठडिया थानमा सोही नगरपालिका–९ यादव टोल बस्ने ४२ वर्षीया अनिता देवी यादव बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

    प्रतिकृया दिनुहोस