• समाचार

    हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

      ओमकार टाइम्स

    हरिपुर्वा नगरपालिका–३ बस्ने १९ वर्षीय सुशिल रायको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिपुर्वा नगरपालिका–३ धनकौल बस्ने १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

    प्रहरीका अनुसार राय साउन १३ गते बेलुकाबाट बेपत्ता भएका थिए । सोमबार बिहान सोही ठाउँस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको शौचालयको सेफ्टी ट्यांकीमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको थियो ।

    अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस