• समाचार

    एशियाली विमान कम्पनीहरुद्धारा ताइवानमा उडान रद्द

      एजेन्सी

    एजेन्सी। चीनले ताइवानी सीमा नजिक सैन्य अभ्यास सुरु गरेपछि एशियाली विमान कम्पनीहरुले उक्त क्षेत्र भएर हुने उडानहरु रद्द गरेका छन् । कतिपयले भने वैकल्पिक रुटबाट उडान भरेका छन् ।

    बिहिबारदेखि सैन्य अभ्यास सुरु गरेको चीनले ताइवान आसपासको समुद्री र उडान क्षेत्रलाई खतराको सूचीमा राख्दै उक्त रुटमा प्रवेश नगर्न विमान र पानी जहाजहरुलाई चेतावनी दिएको थियो ।

    दक्षिण कोरियाले उक्त रुट हुँदै हुने आज र भोलिका सबै उडानहरु रद्द गरेको छ । आइतबार पनि ताइपेइका लागि हुने उडानको तालिकापछि सारिएको छ । सिंगापुर एयरलाइन्सले पनि ताइपेइका चार वटा उडान रद्द गरेको छ ।

    जापान एयरलाइन्सले भने वैकल्पिक रुट हुँदै ताइपेइ, हङकङ र दक्षिण पूर्वी एशियामा उडान जारी राखेको छ । त्यस्तै हङकङको क्याथे प्यासिफिक एयरवेजले पनि ताइवान तर्फका उडानमा सैन्य अभ्यास क्षेत्र छलेको बताएको छ ।

    फिलिपिन्स एयरलाइन्स, चाइना एयर, र ताइवानी एयरलगायत पार्सल कम्पनीका एयरवेजहरुले भने शुक्रबार पनि उडान जारी राखेका छन् ।

    प्रतिकृया दिनुहोस