• समाचार

    विराटनगरमा साइकलको ठक्करबाट १ वृद्धको मृत्यु

      ओमकार टाइम्स

    मोरङ । मोरङको बिराटनगर महानगरपालिका-१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट १ वृद्धको मृत्यु भएको छ।

    मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका-२ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो।

    ग्रामथान गाउँपालिका-२ कै ३५ वर्षीय बिनोद मोडियारीले चलाएको साइकलले आज बिहान साढे ७ बजे वृद्धलाई ठक्कर दिएको थियो। दुर्घटना पश्चात् साइकलयात्री फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी झोराहाट मोरङले जनाएको छ।

    प्रतिकृया दिनुहोस