• विदेश

    यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

      ओमकार टाइम्स

    अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ । मिनेसोटाकी ६३ वर्षीय डायनाको  दुबै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलब ४ इन्च लामो रहेको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ ।

    डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन् । उनको दायाँ हातको बुढी औँला ४ फिट ६ दशमलब ७ इन्च लामो छ । बुढी औँलाको नङभन्दा सबैभन्दा लामो छ । उनले पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस