• मुख्य

    संविधान रक्षाका लागि गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको कांग्रेस नेता कोइरालाको भनाई

      ओमकार टाइम्स

    चितवन। नेपाली कांग्रेसका नेता डाक्टर शशाङ्क कोइरालाले संविधान रक्षाका लागि निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको बताएका छन्।

    आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधान रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए।

    उनले सरकार गठबन्धनको भएकाले निर्वाचनमा पनि गठबन्धनबाटै जाँदा राम्रो हुने भएकाले पनि तालमेल गरिएको उल्लेख गरे । तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनुपर्ने उनको दाबी छ।

    तालमलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनुपरेको बताए । अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाइ थियो।

    प्रतिकृया दिनुहोस