• विदेश

    पाकिस्तानमा उपनिर्वाचन घोषणा

      ओमकार टाइम्स

    पाकिस्तानमा शुक्रबार उप निर्वाचनको मिति घोषणा गरिएको छ । राष्ट्रियसभाका नौ सिटका लागि निर्वाचन गर्न मिति घोषणा गरिएको हो । आगामी सेप्टेम्बर २५ मा मतदान गराउने गरी निर्वाचन घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ । देशको राजनीतिक परिवर्तन र तत्कालीन सत्तारुढ दल पाकिस्तान तेहरिक ए इन्साफ पार्टी (पिटिआई) भित्रको विवादका कारण खाली भएका सिटमा निर्वाचन गर्नुपर्ने भएको हो ।  निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार आगामी अगस्ट १० देखि १३ सम्ममा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

    उम्मेदवारीमाथि अगस्ट १७ सम्ममा आवश्यकताअनुसार अध्ययन तथा छानविन गरिने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारहरूलाई अगस्ट २९ मा निर्वाचन चिन्ह दिइने गरी निर्वाचन तालिका बनाइएको अधिकारीहरूले जनाएका छन् ।

    गत जुलाईमा सभामुख राजा पेभाईजले सामूहिक राजीनामा दिएका पिटीआइका सांसदहरूको राजीनामा स्वीकृत गरिएको घोषणा गरेका थिए । उनीहरूले अप्रिल ११ मा सामूहिक राजीनामा दिएका थिए । राजीनामा दिएको झण्डै तीन महिनापछि मात्रै राजीनामा स्वीकृत गरिएको हो ।

    उनीहरूको राजीनामा स्वीकृत भएपछि निर्वाचन आयोगले तयारी गरेर अहिले निर्वाचन घोषणा गरेको हो । –एएनआई

    प्रतिकृया दिनुहोस