• देश

    लागुऔषध ब्राउनसुगर सहित मोरङको बिराटनगरबाट २ जना पक्राउ

      ओमकार टाइम्स


    मोरङ। मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ ।

    आज बिहान साढे १० बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३४ प २६३ नम्बरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका मोरङ बिराटनगर-१२ बस्ने २२ बर्षीय सुहन लिम्बु र मोरङ बेलबारी-११ बस्ने ३१ बर्षीय सिकुम योङहाङको साथबाट २ ग्राम ९४ मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    यसरी लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका लिम्बु र योङहाङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस