काठमाडौँ । आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र यौन मनोविज्ञानमा केन्द्रित रहेको ट्रेलरले सङ्केत गर्छ ।>
चलचित्रका पात्रहरूलाई रत्नपार्कले जोड्छ, चलचित्रको कथा सात जना पात्रहरूको सम्बन्धको वरिपरि घुमेको निर्देशक गणेश देव पाण्डेले बताए ।>
चार जना महिला पात्रको कथा रहेको चलचित्रको निर्माता पनि महिला नै हुन्। महिलाले भोग्ने सम्बन्धको कथा नै चलचित्रले बोल्ने निर्माता आभा शर्मा नेपालले बताइन्।>
कार्यकारी निर्माता नवीन भट्ट रहेको एन्थोलोजी जनरामा बनेको चलचित्र फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दीक्षितलगायतको अभिनय छ । >
विवेक खड्काको छायाङ्कन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन चलचित्रमा छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ। >
>
>>