मुख्य समाचार
सेयर बजारबाट निश्चित समूहले फाइदा लुटिरहेको :अर्थमन्त्री डा.प्रकाशशरण महत | जेठ २७ र २८ गते काठमाडौंमा निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने | आजको सुन चादीको मूल्य | प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको | गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा | झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण | सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ | मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन | नेपाल र स्कटल्यान्ड भिड्दै खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट | गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन |

लघुवित्तमा कर्जा भुक्तानी अवधि १ वर्ष थप

ओमकार टाइम्स

काठमाडौं  । लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेका ग्राहकले ऋणको अवधि १ वर्ष थप गरी कर्जाको पुनर्तालिकीकरण र पुनःसंरचना गर्न पाउने भएका छन् । 

नेपाल राष्ट्र बैकले बुधवार एकीकृत निर्देशन संशोधन गर्दै लघुवित्तले ऋणीको आवश्यकता र औचित्यको आधारम भुक्तानी अवधि बढीमा १ वर्ष थप गर्न पाउने व्यवस्था गरेको हो ।

निर्देशनअनुसार लघुवित्तहरूले २०७९ चैतमा सक्रिय वर्गमा रहेको कर्जाका ऋणीले तिर्न बांकी ब्याजको न्यूनतम ५ प्रतिशत ब्याज चुक्ता गरेर ऋणको पुनर्तालिकीकरण र पुनःसंरचना गर्न पाउनेछन् ।

तर, पुनर्तालिकीकरण र पुनःसंरचना गरिएको कर्जालाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नपर्ने  कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

कर्जाको पुनर्तालिकीकरण वा पुनःसंरचना गर्नुपर्ने स्पष्ट आधारहरू प्रत्येक कर्जाको फाइलमा राख्नुपर्ने, पुनर्तालिकीकरण वा पुनः संरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पूँजीकरण गरी आम्दानी जनाउन भने नपाइने व्यवस्था गरिएको छ ।

उक्त रकमलाई छुट्टै खातामा लेखांकन गरी ब्याज असुल भएपछि आम्दानी देखाउन सकिने प्रावधान छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार