खेल २५ भाद्र २०८०
युएस ओपन : जोकोभिचलाई कीर्तिमानी २४ औँ ग्रान्ड स्लाम उपाधि

ओमकार टाइम्स

न्युयोर्क । नोभाक जोकोभिचले कीर्तिमान बराबरी गर्दै २४ औँ ग्रान्ड स्लामको उपाधि जितेका छन् । न्युयोर्कमा आयोजित युएस ओपनको फाइनलमा जोकोभिचले ड्यानिल मेडभेडेभलाई हराएका हुन् ।

३६ वर्षीय सर्बियन खेलाडी ६–३, ७–६ (७–५) र ६–३ ले विजयी भए । ‘मेरो लागि यो संसार हो,’ उपाधि जितेपछि जोकोभिचले भने, ‘यो खेलमा मैले मेरो बाल्यकालको सपना जिउँदैछु, यसले खराब अवस्थामा रहेको म र मेरो परिवारलाई धेरै कुरा दिएको छ ।’

जोकोभिचले यो वर्षको सुरुमा राफायल नाडालको २२ वटा मेजर उपाधिको रेकर्ड तोडेका थिए । उनले सन् २०२३ मा चारमध्ये तीन ग्रान्ड स्लाम जितेका छन् । चारपटक यो उपलब्धि हासिल गर्ने उनी पहिलो खेलाडी पनि हुन् ।



प्रतिक्रिया