मुख्य समाचार
गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला | दक्षिण कोरियाको जङ्गलमा सुख्खा मौसम र हुरीका कारण भीषण आगलागी, २४ जनाको मृत्यु | लोकेश बमको उत्कृष्ट ब्याटिङमा कोशीलाई हराएपछि एपिएफ फाइनल खेल्ने होडमै | यस्ताे छ आजकाे सेयर बजार परिसूचक(नेप्से) | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+965232 | बुधबार सेयर बजार (नेप्से) ४० दशमलब ४७ अंक बू4789+96523232120 | साफकाे महासचिवमा पुरुषोत्तम कट्टेल नियुक्त | वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णयप्रति बेलायतकाे विरोध | लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस : गृहमन्त्री लेखक | शकिबको अर्धशतकमा एपीएफलाई कोशीको प्रतिस्पर्धात्मक लक्ष्य |

खेल ३ फाल्गुन २०८१
आहा राराको फाइनल आज पुलिस र बुल्स भिड्दै

ओमकार टाइम्स

पुलिस पोखरामा सर्वाधिक ७ पटक च्याम्पियन बन्ने दाउमा रहेको छ। यसको लागि उसले उज्वेकिस्तानको ब्ल्याक बुल्सको कडा चुनौती पार गर्नुपर्नेछ।बुल्सको आहा रारामा पहिलो सहभागीता हो। तर उसले दुई खेलमा गरेको प्रदर्शन प्रभावशाली रहेको छ। उसले दुवै खेल निर्धारित समयमा सहजै नतिजामा जितेको थियो। त्यसैले आज पुलिसलाई पनि कडा चुनौती दिने अनुमान लगाउन सकिन्छ।

पुलिस र ब्ल्याक बुल्स दुवै जारी प्रतियोगितामा अब्बल देखिएका छन्। पुलिसले ३ खेल र ब्ल्याक बुल्सले २ खेल जितेका छन्। यो क्रममा दुवै टिमले एक गोल पनि खाएका छैनन्।पुलिसले पहिलो खेलमा आयोजक साहार क्लबलाई १-० ले, क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज युकेलाई २-० ले र सेमिफाइनलमा ए डिभिजन विजेता चर्च ब्वाइजलाई १-० ले माथ दिएर फाइनलको यात्रा तय गरेको थियो।

सिधै क्वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले सिक्किमको थन्डर बोल्ट नर्थ युबाइटेडलाई ३-० र ५ पटकको विजेता थ्री स्टारलाई ४-० को हार चखाएको थियो।‌ दुवै खेलमा प्रभावशाली प्रदर्शन गरेको बुल्सलाई रोक्न पुलिसलाई सहज हुने छैन।पलिसमा स्टार खेलाडीले छैनन्। युवा खेलाडी अहिले टोलीमा छन्। उनीहरूले नियमित प्रशिक्षण गरिरहेका छन्। जुन उसको मजबुत पक्ष बन्न सक्छ। उसले जितेको ३ खेलमा सेट पिसबाट गोल गरेको छ।

बुल्सले पनि यसलाई राम्ररी नियालेको हुनुपर्छ। त्यसैले आज पुलिसका फर्वाडलाई चुनौती रहने देखिन्छ। यु-२३ टिमको लागि आषिश राई र सुजन मगर टोलीमा नहुँदा केहि असर पर्न सक्छ।आहा रारा गोल्ड कप अहिलेसम्म पुलिस र मानाङ मर्स्याङ्दी क्लबले समान ६/६ पटक जितेका छन्। २०७४ पछि पुलिसले उपाधि जित्न सकेको छैन।

आज हुने फाइनल खेल जिते पुलिस सातौं पटक च्याम्पियन बन्नेछ। ब्ल्याक बुल्सले जितेमा पहिलो सहभागितामा नै च्याम्पियन बन्नेछ। साथै आहा राराले नयाँ च्याम्पियन पाउनेछ।फाइनल खेल दिउँसो २:३० बजे हुनेछ। फाइनलको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।

प्रतिक्रिया