समाचार २१ माघ २०७९
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

ओमकार टाइम्स

 नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने लगायतका विषयमा छलफल हुने छ।

यस्तै केन्द्रीय विभाग बाँडफाँडको टुंगो लगाउने तयारी पनि माओवादीले गरेको छ। रास्वपाले बिहीबार नै सरकार छाडने संकेतका बिचमा बैठक बोलाइए पनि प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहीबार स्थगित हुन पुगेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार