मुख्य समाचार
शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह |
मुख्य समाचार
शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह |

राशिफल २० भाद्र २०८०
आजको राशिफल : २०८० साल भदौ २० गते बुधबार

ओमकार टाइम्स

आज २०८० भदाै २० गते, बुधवार, ६ सेप्टेम्बर २०२३। भाद्र कृष्णपक्ष सप्तमी तिथि, २०ः०४ बजेपछि अष्टमी। कृत्तिका नक्षत्र, १४ः४४ बजेपछि राेहिणी। चन्द्रराशि वृष।

मेष - ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। तर बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ।

वृष - TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। स्वास्थ्यका लागि खर्च बढ्नेछ। धन लाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसर समेत दिलाउनेछ।

मिथुन - GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ।

कर्कट - CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सानातिना काममा अल्झनुपर्दा मुख्य काम राेकिन सक्छ। समस्या दोहोरिनाले उत्साहमा कमी आउनेछ। फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। केही आम्दानी भए पनि खर्चनुपर्ने अवस्था आउन सक्छ।

सिंह - LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमकाे मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम दिलाउनेछ।

कन्या - VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल्याउन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।

तुला - LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

वृश्चिक - SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

तारिफयाेग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। आफन्तकाे स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगाे फाइदा हुने काम थालनी हुनेछ।

धनु - SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।

मकर - CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् र प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। गरेका काम सम्पादन हुनेछन्।

कुम्भ - AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरपर्दा काम बिग्रन सक्छ। मान्यजनको सहयोगले तत्कालकाे अन्योल भने टर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।

मीन - PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार