नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पक्राउ गरी कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई दिएको निर्देशनमा प्रहरीले नेपालमाथि अनुसन्धान मात्र गर्न सक्ने आयोगले स्पष्टीकरण दिएको छ । नेपालमागि मतदाता प्रलोभन कसुरमा अनुसन्धान आयोगले जनाएको छ ।>
निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गर्दै मतदातालाई प्रलोभनमा पारेको कसुरमा उनलाई पक्राउ गरी कारबाही गर्न निर्देशन गरेको थियो । तर, आयोगले तत्कालनै उनीमाथि अनुसन्धान मात्र हुने स्पष्टीकरण दिएको छ ।>
आयोगले गरेको पत्राचारमा कसुरमा कारबाही गर्नू भने पनि प्रहरीले अनुसन्धान मात्रै गर्नसक्ने निर्वाचन आयोगले जनाएको छ ।>
‘निर्वाचन आचार संहिता उल्लंघनमा आयोगले नै अनुसन्धान गर्छ र प्रलोभन देखाएर मत माग्ने विषय कसुर भएकाले कसुरउपर अनुसन्धान गर्न प्रहरीलाई भनेका हौं,’ आयोगले भनेको छ ।>
आयोगलाई प्राप्त विवरण निर्वाचन कसुरअन्तर्गत हो वा होइन भन्ने अनुसन्धान गरी जानकारी गराउन पत्राचार गरिएको आयोगको दाबी छ ।>
‘रौतहटको विवरण निर्वाचन कसुर ऐनसँग सम्बन्धित हो कि होइन त्यहाँबाट पनि अनुसन्धान गर्नु है भनेर पत्र लेखिएको हो। निर्वाचन कसुर ऐनसँग पनि सम्बन्धित देखिएको हुँदा प्रहरीलाई समेत लेखिएको हो,’ आयोगले भनेको छ ।>
निर्वाचन आयोगको पत्रमा दफा ३९ अनुसार कारबाही गर्नु भनिएको छ। निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ (१) मा निर्वाचन कसुरको अनुसन्धान आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको अधिकारीले गर्ने उल्लेख छ।>
यस्तै, दफा ३९ कै उपदफा (२) मा मुद्दाको अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले पर्याप्त सबुद प्रमाणको आधारमा कसुरमा संलग्न रहेको शंका लागेको व्यक्तिलाई प्रचलित कानुन बमोजिम पक्राउ गर्न सम्बन्धित प्रहरी कार्यालयलाई आदेश दिई त्यस्ता व्यक्तिलाई पक्राउ गर्न सक्ने उल्लेख छ। निर्वाचन आयोगले भने अध्यक्ष नेपाललाई पक्राउ वा कारबाहीका लागि प्रहरीलाई पत्राचार नगरेको जनाएको छ ।>
रौतहटमा आयोजित कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै बिहीबार आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण समेत सोधेको छ। आयोगलाई प्राप्त श्रव्य-दृश्य सामाग्रीका आधारमा उक्त अभिव्यक्ति निजकै रहेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।>>