मुख्य समाचार
आजको राशिफल : २०८० साल असोज ५ गते शुक्रबार | शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति |
मुख्य समाचार
आजको राशिफल : २०८० साल असोज ५ गते शुक्रबार | शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति |

समाचार २७ असार २०८०
‘थारु पाहुना घर’ मर्मत खर्चको भुक्तानीमा सेजका प्रमुख भट्टले कमिसन मागेकोे आरोप

ओमकार टाइम्स

बारा । बारामा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज)का कार्यकारी निर्देशक चण्डिका भट्टले उपभोक्ता समितिसँग कमिसन मागेको आरोप लागेको छ । विशेष आर्थिक क्षेत्र औराहाका स्थानीय चौधरी समुदायका महिलाले उपभोक्ता समिति मार्फत निर्माण गरेको ‘थारु पाहुना घर’ को काममा उपभोक्तासँग घुमाउरो शैलीमा कमिसन मागेको र कमिसन नदिएकै कारण भुक्तानी रोकेर आफूहरुलाई अप्ठ्यारोमा पारेको आरोप लगाएका हुन् ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ४ का समाजसेवी भागवत चौधरीले महिलाहरुले उपभोक्ता समितिमार्फत ७ लाखको बजेटमा थारु पाहुना घरको अधुरो काम सम्पन्न गरेर भुक्तानीको लागि लेखाबाट टिप्पणी उठाइसकेको अवस्थामा भुक्तानी दिन आलटाल गरिएको आरोप लगाए ।

‘कमिसन नदिएकै कारण लेखाबाट टिप्पणी उठिसकेको फाइललाई कार्यकारी प्रमुखले भुक्तानी रोकेर यतिकै सजिलै कहाँ हुन्छ र भनेर घुमाउरो तरिकाले कमिसन माग्नुभयो,’ चौधरीले भने, ‘समुदायको काम गर्दा पनि कमिसन दिनुपर्छ ? उपभोक्ता समितिले गरेको ७ लाखको बजेटमा त कमिसन दिनुपर्छ भने सिमरा सेजको ७ अर्बको लगानीमा कति भ्रष्टाचार भयो होला ?’ 

विशेष आर्थिक क्षेत्र (सेज)ले आफ्नो मध्यवर्ती क्षेत्रभित्र सामाजिक उत्तरदायित्व अन्तर्गत बर्सेनि विभिन्न योजनामा बजेट दिँदै आएको छ । विगतमा सेज सहयोग समिति मार्फत हुने कामहरु अहिले उपमहानगर मार्फत सम्झौता भएर काम हुने गर्दछ ।

चालु आर्थिक वर्षको लागि सेजले दिएको २४ लाख बजेटबाट चौधरी टोलमा थारु पाहुना घरको अधुरो निर्माण तथा मर्मत सम्भारमा ७ लाख र बाँकी १७ लाखको बाटो ढलानको काम भइरहेको छ ।

धनमतीया थरुनीको अध्यक्षतामा अधुरो थारु पाहुना घरको मर्मतको काम उपभोक्ता समितिमार्फत असार १५ अगावै सम्पन्न भएको हो । जीतपुर सिमरा उपमहानगर मार्फत सम्झौता भएर काम सम्पन्न भएपछि सेजले भुक्तानीका लागि सक्कल फाइलसहित मुख्य कार्यालय काठमाडौं बोलाएको थियो ।

महिलाहरु भुक्तानीका लागि असार २३ गते गाडी नै रिजर्भ गरेर काठमाडौँ गएपछि लेखा शाखाले भुक्तानीका लागि टिप्पणी उठाएर ‘खातामा पैसा खाएको घण्टी भोलि बज्छ, तपाईहरु जानुस्’ भन्दै पठाएको थियो । तर काठमाडौँबाट फर्किएको २ दिनसम्म खातामा पैसा नआएपछि उपभोक्ता समितिले कार्यकारी निर्देशक चण्डिका भट्टलाई फोन गरेर भुक्तानी किन ढिलो भएको हो भनि सोधेका थिए । जवाफमा भट्टले ‘तपाईको भुक्तानी त्यसै हुन्छ र ?’ भनेर घुमाउरो भाषामा कमिसन मागेको तर आफू सोझो थारुले त्यो भाषा बुझ्न नसक्दा भुक्तानी नै रोकिएर समस्यामा परेको चौधरी महिलाहरुको भनाइ छ  ।

उपभोक्ता समितिका सचिव निलम चौधरी केही सामान ऋण लिएर र केही उधारोमा किनेर काम सम्पन्न गरेको तर भुक्तानी लिने बेला उपमहानगरले सेज कार्यालय काठमाडौँ जानुपर्छ भनेकाले रोपाइँको काम छोडेर सक्कल कागजपत्र लिएर पुगेको बताउँछिन् ।

‘हामीले सेजको बजेटबाट उधारोमा सामान किनेर अधुरो थारु पाहुना घरको काम सक्यौँ तर आज पसलको साहु घरमा पैसा माग्न आइरहेको छ, यस्तो व्यवहार भएपछि हामीलाई भोलि कसैले पत्याउँदैन,’ चौधरीले भनिन्, ‘भुक्तानीको बेला यस्तो व्यवहार गर्दा हामीलाई धेरै चित्त दुखेको छ ।’ महिलाहरुलाई सेजका इन्जिनियर अर्जुन पाण्डेले भुक्तानीको सक्कल फाइल सहित काठमाडौँ बोलाएका थिए । सेजका कार्यकारी निर्देशक भट्टले भने उपमहानगरसँगको सम्झौतामा सेजले भुक्तानी दिन नसक्ने बताएका छन् ।

‘सेजको बजेटबाट बनाउने भन्ने निर्णय कतै भएको छैन, सेजसँगको अनुमति र सम्झौता बिना बनाइएको घरको भुक्तानी सेजबाट हुँदैन,’ कार्यकारी निर्देशक भट्टले भने, ‘सेजले लगाएको वा सेजभित्रको काम भए पो सेजले भुक्तानी रोक्ने, जसले जहाँ जे बनायो, त्यो काम सेजले रोक्ने हो ?’

सेजका कार्यकारी निर्देशक भट्टले भुक्तानी दिन नमिल्ने भनेर यतिबेला पन्छिए पनि सेजकै लेखा शाखाले भने भुक्तानीको लागि फाइल उठाएर खातामा पैसा आएको घन्टी बज्ने जानकारी दिएको थियो । विशेष आर्थिक क्षेत्र सेज जीतपुर सिमराको वडा नं ४, १४, १५, १६ गरी ४ वटा वडाको ८३३ बिगाहा क्षेत्रफलमा छ । जसमध्ये ए ब्लकको ३४३ बिगाहा बाहेक सम्पूर्ण सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ ।




प्रतिक्रिया

सम्बन्धित समाचार