मुख्य समाचार
तीन दिनदेखि रुसमा फसेका एअर इन्डियाका यात्रु अमेरिका प्रस्थान | नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाईयो | जिल्ला अदालत धादिङले हत्या तथा मानव बेचबिखन मुद्दाका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा | नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजबाट सुरु | प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी | सिंगापुर जाने सपना तर विडम्बना चार महिनादेखि काठमाडौंमा बन्धक | पदबहाली गरेको पाँच महिनाभन्दा बढी तर, उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् | एसइई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी | भारतबाट मुर्रा राँगा नेपाल ल्याइने भएपछि पशु वैज्ञानिक उत्साहित | आजको विदेशी मुद्राको विनिमय दर |

समाचार अपराध ११ जेठ २०८०
वैदेशिक रोजगारीमा जाने नेपालीबाट १० महिनामा ७५ करोड बराबरको ठगी

ओमकार टाइम्स

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीहरू ठगिने क्रममा दिनप्रतिदिन बढिरहेको छ । चालु आर्थिक वर्ष १० महिनामा मात्र ७५ करोड भन्दा बढीको ठगी गरेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गैर कानुनी रूपमा बिचौलिया तथा दलालहरूले बिचौलिया र एजेन्टहरूले ७५ करोड ७७ लाख भन्दा बढीको ठगी गरेको पाइएको हो । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा ठगीमा परेको भन्दै ९२५ उजुरी विभागमा परेका छन् ।

उनीहरूले ७५ करोड ७७ लाख ४१ हजार २१४ रुपैयाँ बराबरको रकम दाबी गरेका छन् । यसरी ठगी गर्नेमा वैदेशिक रोजगारीमा श्रमिक पठाउने अनुमति नपाएका एजेन्ट तथा दलालहरू बढी देखिएका छन् । इजाजत लिएर कामदार पठाइरहेका कम्पनीहरूले समेत कामदारबाट मोटो रकम लिएर पठाउने गरेका छन् । तर, त्यस्ता खालका उजुरी कम आउने गरेको विभागले जनाएको छ ।

विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार यसरी ठगिनेमा अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६९५ उजुरी परेका थिए । जसमा ५० करोड ४४ लाख ६१ हजार रकम दाबी गरिएको थियो । वैशाख महिनामा मात्र १०४ उजुरी परेको विभागको तथ्याङ्कले देखाएको छ । यसरी उजुरी परेका ९२५ मध्ये ७७ वटा उजुरी अदालतसम्म पुगेका छन् ।

ठगी गरेको आरोपमा विभागले प्रहरीको सहयोगमा १७६ बिचौलियालाई पक्राउ गरेको देखिन्छ । त्यस्तै विभागको रोहबरमा १३५ उजुरीमाथि मिलापत्र गराइएको छ । त्यसरी मिलापत्र गराउँदा एजेन्टहरूले ९ करोड ४३ लाख रुपैयाँ फिर्ता गरेका छन् ।

विभागले प्रमाणको आधारमा अदालतमा मुद्दा दायर गर्ने, मिलापत्र गराएर बढी लिएको रकम फिर्ता गराउने लगायतका काम गर्दै आएको छ । वैदेशिक रोजगारीमा जाने कामदार ठगिने घटना बढ्दै गएपछि सरकारले यो विषय निकै गम्भीर देखिएको छ । आफू कुनै समस्यामा परेको खण्डमा तत्काल सम्पर्क गर्न भन्दै २४ घण्टा नै हटलाइने सेवा सञ्चालन गर्दै आएको छ । त्यस्तै उजुरी पर्ने वितिक्कै प्रहरीको सहयोगमा एक्सन लिने गरेको सूचना अधिकारी सुवेदीले बताए ।

त्यस्तै विभागले म्यानपावर व्यवसायीमाथि अनुगमन गर्नका लागि निर्देशकको नेतृत्वमा तीनवटा समिति समेत गठन गरेको छ । ती समितिहरूले आवश्यकताको आधारमा अनुगमन गर्ने, छापा हान्ने लगायतका काम गर्दै आएको छ । 

प्रतिक्रिया