मुख्य समाचार
शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह |

समाचार २ असोज २०८०
दिगो विकासका विश्वव्यापी लक्ष्यहरू हासिल गर्न विद्यालय शिक्षा गुणस्तरीय बनाउन आवश्यक छ : प्रधानमन्त्री

ओमकार टाइम्स

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र  माध्यमिक शिक्षाको लक्ष्य हासिल गर्न तीनै तहका सरकारबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । 

आज राष्ट्रिय शिक्षा दिवस, २०८० को उपलक्ष्यमा शुभकामना दिँदै उनले  सन् २०३० सम्ममा दिगो विकासका विश्वव्यापी लक्ष्यहरू हासिल गर्न विद्यालय शिक्षा र प्राविधिक शिक्षादेखि उच्च शिक्षासम्मका सिकाइहरूलाई समावेशी र गुणस्तरीय बनाउन सबै शिक्षण संस्थाहरूले समान बुझाइका साथ निरन्तर प्रयासमा जोड दिनुपर्ने उल्लेख गरेका छन् । 

समाजमा पिछडिएको वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय र समावेशी शिक्षाको पहुँच सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए । 

शुभकामना सन्देशमा प्रचण्डले भनेका छन् –'नेपाल सरकार विद्यालयदेखि उच्च तहसम्मको शिक्षालाई प्रतिस्पर्धी, व्यावसायिक, सीपमूलक, रोजगारमूलक, सूचना र प्रविधिमा आधारित बनाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनेतर्फ प्रयत्नशील छ । उच्च शिक्षा अध्ययनका लागि युवाहरू स्वदेशमै रहुन् भन्ने हाम्रो इच्छा छ र राष्ट्रको आवश्यकता पनि यही हो । युवा विद्यार्थी र अभिभावकहरूलाई स्वदेशमै गुणस्तरीय शिक्षा तथा रोजगारीको सुनिश्चितताप्रति विश्वास जगाउनु त्यतिकै आवश्यक छ । साथै, राष्ट्रमै रहने सकारात्मक सोचका साथ हातेमालो गर्नु आजको आवश्यकता भएको छ ।'

राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा नेपाल विद्याभूषण पदक, नेपाल प्रविधि विद्याभूषण पदक र छात्रा विद्याभूषण पदक प्राप्त गर्नुहुने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उनले  आर्जन गरेको ज्ञान र सीपले देशको माटो सिञ्चित हुनेछ भन्ने अपेक्षा व्यक्त गरेका छन् । 

प्रतिक्रिया