अभिनेता संयम पुरीले विवाह गरेका छन्।>
उनले आफ्नी प्रेमिका आश्मा डिसीसँग विवाह गरेका हुन्। उनीहरूको विवाह समारोह बौद्धस्थित पाँचतारे हायात होटलमा भइरहेको छ। >
उनीहरूको नर्लिङ रिसोर्टमा विवाहको रिसेप्सन पार्टी राखिएको छ।>
संयम फिल्म निर्देशक नारायण पुरीका छोरा हुन्। संयमले ‘ग्याङस्टर ब्लुज, रातोघर, नाईं नभन्नु ल ३, आभास, पुन्टे परेड, सायद’ लगायत फिल्ममा काम गरेका छन्।‘आभास’मा संयम र आश्माले एकसाथ काम गरेका थिए। आश्माले ‘रामप्यारी, नाईं नभन्नु ल ३ र आभास’ मा अभिनय गरेकी छन्।>>