मुख्य समाचार
सुदूरपश्चिमका मन्त्रीको स्वकीय सचिव भन्दै कर्मचारीसँग पैसा उठाउने एक जना पक्राउ | एसियाली खेलकुद : बास्केटबलमा जापानसँग हार्‍यो नेपाल | कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त | कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्री : शिक्षकका सबै माग सम्बोधन हुन्छ | काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाखभन्दा बढीको चोरी | बुवाका यस्ता पाँच बानी जसले बनाउँछ छाेरालाई केयरिङ र उत्कृष्ट व्यक्ति | हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित | ओलीको दाबी : विरोधीले बुझे हुन्छ, एमालेले एकल बहुमत ल्याउँछ | राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन | केपी ओलीको प्रश्न : सय किलो सुन ६१ किलो कसरी भयो ? |

समाचार २ असोज २०८०
कोरियामा अनुसन्धानका लागि रोकिए दीपशिखा : भन्छन्, ‘चाँडै नेपाल फर्कनेमा विश्वस्त छु’

ओमकार टाइम्स

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ दक्षिण कोरियामा रोकिएका छन् । उनले कोरियन सरकारको भन्सार विभागले आफूसँग डकुमेन्ट मागेकोले कोरियामा रोकिएको जानकारी दिए । 

दीपशिखाले आफू कोरियामा रोकिनुको कारण खुलाउँदै भने, ‘ म गत अगस्ट १० तारिखमा कोरियाको नेपाली जनप्रगतिशिल मञ्चको कार्यक्रममा भाग लिन आउने क्रममा महामहिम राजदूत ज्योति प्याकुरेलले विगत १ वर्षदेखि सेवन गरिरहनुभएको औषधि मगाउनुभएकोले लिएर आएको थिएँ ।  अन्जानबस डाक्टरको प्रेस्किप्सन म सँग नभएकोले कोरियन सरकारको भन्सारले प्रेस्किप्सन सहीत अन्य आवश्यक डकुमेन्ट मागेकोले राजदूतावासले मागेका डकुमेन्टहरू बुझाइसकेको छ । ’ 

भन्सारको भेरिफिकेसन नसकिएकोले कोरियाबाट आफूलाई नेपाल फर्कन नदिएको उनले स्वीकार गरे । तर उनले नजरबन्द, गिरफ्तारी भने नगरिएको स्पष्टीकरण दिए । 

उनले थपेका छन्, ‘नियतवश कुनै कमजोरी नगरेका कारण चाँडै नेपाल फर्कनेमा विश्वस्त छु । आफ्नै देशको बिमार राजदूतलाई सहयोग गर्दा मलाई परेको अप्ठ्यारोप्रति विवेक पुर्‌याईदिन र पीडित मलाई थप पिडा नदिनुहुन नेपाली मिडिया, सामाजिक सञ्जालका साथीहरूमा अपिल गर्दछु ।’

प्रतिक्रिया