मुख्य समाचार
आजको सुन चादीको मूल्य | प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको | गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा | झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण | सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ | मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन | नेपाल र स्कटल्यान्ड भिड्दै खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट | गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन | कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु | लुम्बिनी केबुलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दै |
मुख्य समाचार
आजको सुन चादीको मूल्य | प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको | गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा | झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण | सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ | मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन | नेपाल र स्कटल्यान्ड भिड्दै खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट | गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन | कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु | लुम्बिनी केबुलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दै |

राशिफल १२ जेठ २०८०
आजको राशिफल : २०८० साल जेठ १२ गते शुक्रबार

ओमकार टाइम्स

आज २०८० जेठ १२ गते, शुक्रवार, २६ मे २०२३। ज्येष्ठ शुक्लपक्ष सप्तमी तिथि। अश्लेषा नक्षत्र, १९ः३४ बजेपछि मघा। चन्द्रराशि– कर्कट १९ः३४ बजेपछि सिंह ।

मेष - ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिस्थिति अनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आफन्तकाे सहयोगले काम बनाउन सकिनेछ। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। साँझतिर स्वास्थ्य कमजाेर रहनेछ, खानपानमा सजग रहनुहाेला।

वृष - TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। साँझतिर साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ। शुभचिन्तकहरूकाे सहयाेगले काम बन्नेछ।

मिथुन - GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले ठूलै काम पनि सम्पादन हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। साँझतिर केही अवसर प्राप्त भए पनि सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्।

कर्कट - CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। साँझतिर पढाइलेखाइमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट मनग्य धनलाभ हुनेछ।

सिंह - LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको विश्वास गर्दा धोका पाइनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ। साँझतिर तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

कन्या - VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

श्रम परे पनि राम्रो परिणाम प्राप्त हुनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। जिम्मेवारी पनि बढिरहनेछन् तर काममा अरूको मुख ताक्नाले पछि परिनेछ। प्रतिफल हातपार्न केही समय लाग्नेछ। महत्त्वपूर्ण काम बीचमा रोकिन सक्छ। साँझतिर आफ्नाे लाभांश अरूका लागि पनि खर्चनुपर्ने हुन सक्छ।

तुला - LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा मानसम्मानमा आघात पुग्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। तापनि उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। साँझतिर व्यवसायमा विशेष फाइदा हुनेछ।

वृश्चिक - SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। समुदायको हितमा विशेष काम गर्न सकिनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। र, साँझतिर नयाँ काम थालनी गर्न सकिनेछ।

धनु - SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सामान्य काममा धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। समयमै सावधान हुँदा क्षति कम हुनेछ।

मकर - CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। तर भौतिक साधन बिग्रनाले खर्च बढ्न सक्छ। निम्ताे आए पनि आतिथ्य खर्चिलाे रहनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। विवादास्पद काममा हात हाल्दा आलाेचित बन्नुपर्ला। साँझतिर स्वास्थ्यमा कमजोरी र काममा चुनौतीको समय रहनेछ।

कुम्भ - AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

अप्ठ्यारा परिस्थितिलाई सहज बनाउने समय छ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने योजना शुभारम्भ हुनेछ। साँझतिर बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आफन्तले पनि उत्साह जगाउनेछन्।

मीन - PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेतले विभिन्न अवसर दिलाउनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। बुद्धिकाे उपयाेगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझतिर केही विवादास्पद काम गर्नुपर्ला। फजुल खर्च पनि बढ्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार