मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |
मुख्य समाचार
भेरी नदीमा बेपत्ता थारुको खोजीका लागि गोताखोर परिचालन | अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा | बिपीको सालिकमा माल्यार्पण गरेर गगनको दोस्रो चरणको संवाद यात्रा सुरु | बजेट अभावमा नगर अस्पतालको काम रोकियो | बराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य | मकवानपुर देखि बर्दियासम्म प्रशिक्षणका लागि कमल थापा जिल्ला भ्रमणमा | बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी | आजको मौसम : पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना | आजको राशिफल : २०८० साल १५ गते बिहीबार | एकीकृत समाजवादीले इलाममा राई र बझाङमा सिंह उठाउने |

समाचार १३ माघ २०७९
सीता एयरले भन्यो- दस दिनभित्रै दाङमा व्यावसायिक उडान गर्छौं

ओमकार टाइम्स

निजी विमान सेवा कम्पनी सीता एयरले दाङ एयरपोर्टबाट दसभित्रै व्यावसायिक उडान गर्ने भएको छ। 

कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले अफिसियल टुरपछि शुक्रबार टरिगाउँ एयरपोर्टमा एक हप्ता दिनदेखि ढिलोमा दसभित्रै व्यावसायिक उडान गरिने बताएका हुन्। 

उडानका लागि आवश्यक पर्ने सबै प्रक्रिया पूरा गरी ढिलोमा दसभित्रै दाङ–काठमाडौं र काठमाडौं–दाङ सिधा उडान गरिने उनले बताए। 

सिंहले सुरूमा हप्ताको एक दिन उडान सुरू गर्ने र त्यसपछि आवश्यकताका आधारमा उडान संख्या थप्दै जाने जानकारी दिए। 

‘दाङ, गुल्मी जिल्लालाई मात्रै नभई काठमाडौंबाट ठूला विमान उड्ने नेपालगञ्जलगायत भित्री मधेस र पहाडका जिल्लाहरूसँग सिधै काठमाडौं जोड्ने अभियानमा लाग्नेछ,’ सिंहले थपे,  ‘आज दाङ एयरपोर्टमा अवतरण गर्दा मनैदेखि न्यानो माया पाउँदा निकै खुसी महसुस भइरहेको छ र अब सीता एयरले नियमित रूपमा भनेको समयमा उडाउँछ भन्ने विश्वास दिलाउन आवश्यक छ।’ 

अहिले धेरै यात्रुहरू बाँकेको नेपालगञ्ज र त्यसपछि रूपन्देहीको भैरहवा विमानस्थलमा जाने गरेको पाइएको हुँदा त्यस्ता यात्रुलाई दाङबाटै उड्न सहज छ भनेर विश्वास दिलाउन एक/दुई महिना सीताले उडान भर्न जरूरी रहेको उनले बताए। 

‘त्यस्ता यात्रु हामी आउन बित्तिकै त अवश्य चढ्दैनन्  महिना दुई महिना त अवश्य हेर्छन,’ उनले अगाडि भने, ‘त्यो अवधिका यात्रुको मन जित्न भरमग्दुर प्रयास गरिने छ।’

पाइलट रवीन्द्र डंगोलले दाङ एयरपोर्टमा सीताको १९ सिटे चार–डोर्नियर जहाजलाई उडान भर्न कुनै समस्या नरहेको प्रतिक्रिया दिए। 

एयरपोर्टको उत्तर–दक्षिण र दायाँ–बायाँ प्रशस्तै खाली जमिन आफूले देखेको भन्दै त्यति धावनमार्ग विस्तार गर्न कुनै समस्या छ भन्ने आफूलाई नलागेको उनले बताए। 

त्यस्तै, उनले एयरपोर्टको दक्षिण तर्फबाट (थ्रि–फोर) अवतरण गर्दा केही रूखहरू भए पनि खासै समस्या नभए पनि केही रूखहरू काटे झनै सहज हुने धारणा राखे। यस्तै उत्तरतर्फबाट अवतरण गर्दा हालसालै निर्माण गरिएको एउटा घरको छतको पानी ट्यांकी र पाइपले धावनमार्ग अलि प्रष्टसँग देख्न समस्या भएको प्रतिक्रिया दिए। त्यो घर र छतको ट्यांकीका कारण उत्तरबाट अवतरण गर्दा अलि मिलाएरमात्रै अवतरण गर्नुपर्ने अवस्था आफूले देखेको उनले बताए।  दाङ एयरपोर्टमा दुबै तिरबाट एप्रोज रहेको हुँदा हावाले कुनै असर नगर्ने उनले जानकारी दिए। 

त्यस्तै अर्को प्रमुख समस्याका रूपमा चराहरू रहेको उनले बताए।

‘यहाँ आसपासमा मैले प्रशस्तै चराहरू देखें,’ उनले भने, ‘यहाँ नजिकै आसपासमा कतै फोहोर छ कि भन्ने मैले ठानें।’ त्यो फोहोर व्यवस्थापन गरी चराको क्रियाकलपा घटाउन सकिने उनले बताए। 

‘चरा भयो भने इञ्जिनमा पस्यो भने सिंगल इञ्जिन भएका जहाजमा डर हुन्छ,’ उनले भने, ‘चरा मैले निकै देखें यहाँ त्यसैले सरसफाइमा ध्यान दिन आवश्यक छ।’

एयरपोर्टको झन्डै डेढ सय मिटर नजिकै चिरोमा तुलसीपुर उपमहानगरपालिकाले विगत तीन वर्षयता फोहोर फाल्दै आएको छ। 
कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकका मेयर टीकाराम खड्काले सीताले छिट्टै व्यावसायिक उडान भर्ने आशा व्यक्त गर्दै त्यसो हुन सकेमा नेपालगञ्ज र भैरहवा गएर जहाज चढ्नु पर्ने बाध्यता अन्त्य हुने आशा व्यक्त गरे। 

पछिल्लो समय नेपाल एयरलाइन्सको ट्वीनअटर  विमानले आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी हप्तामा चार दिन उडान भर्दै आएको छ। 

दाङदेखि काठमाडौंको भाडा न्यूनतम आठ हजार आठ सय दश रुपैयाँ र काठमाडौंदेखि दाङको भाडा न्यूनतम नौ हजार बढीदेखि अधिकतम १२ हजार बढीसम्म छ। 

टरिगाउँ एयरपोर्ट ७५० मिटर लम्बाइ र ३० मिटर चौडाइमा मात्रै कालोपत्रे रहेका कारण यहाँ ठूला जहाज अवतरण हुन सक्दैनन्।

सीताको १९ सिटे चार–डोर्नियर जहाजले व्यावसायिक उडान भरेमा भाडादर एक हजारदेखि एक हजार पाँच सयसम्म सस्तो पर्ने आशा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार