मुख्य समाचार
अनलाइन सट्टेवाजमा संलग्न दुई युवक पक्राउ | एन्फा महिला लिग: एपीएफसँग आर्मी पराजित | एनजीओको कार्यक्रममा सहभागी हुन उपेन्द्र यादव आज नयाँ दिल्लीमा | बलिउड चलचित्र स्त्री २ ओटीटी प्लेटफर्ममा रिलिज हुने | रौतहटमा एक युवकको शव फेला | डोनाल्ड ट्रम्पलाई सजाय निर्धारण नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनावसम्म स्थगित | हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा जाने कच्ची सडक ढलान गरिँदै | जनावर तथा चराको सम्पर्कमा नआइकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण | चीनको हाइनानमा शक्तिशाली समुद्री आँधी आउदा २ जनाकाे मृत्यु | सलमानको सुरक्षा गर्दै आएका शेरा भन्छन्– म बाहेक भाइलाई कसैले सम्हाल्न सक्दैन |

समाचार २५ श्रावण २०८१
एक्समा अमेरिकी चुनावसम्बन्धी झुटा र भ्रामक दाबीहरू पोष्ट

एजेन्सी

 अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्समा  अमेरिकी चुनावसम्बन्धी झुटा र भ्रामक दाबीहरू पोष्ट भएको बताइएको छ । एउटा पर्यवेक्षक संस्थाले सो दाबी गरेको हो ।

सेन्टर फर काउन्टिरिङ्ग डिजिटल हेड (सीसीडीएच)ले बताएअनुसार एक्समा झुटा र  भ्रामक पोष्ट १ अर्ब २० करोड पटक हेरिएको छ । यसलाई राष्ट्रपति निर्वाचनमा एलन मस्कले कसरी प्रभाव पारिरहेका छन् भन्ने स्पष्ट भएको बताइएको छ । अन्वेषकहरूले यसअघि नै एक्स राजनीतिसम्बन्धी गलत जानकारीको केन्द्र बनेको भनेर चेतावनी दिएका थिए ।

मस्कले आफ्नो व्यक्तिगत खाताबाट झुट फैलाएर मतदातालाई प्रभावित गरिरहेको देखिएको पनि बताइएको छ । टेस्लाका सीईओ मस्कले यस पटकको राष्ट्रपति निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरिरहेका छन् । सीसीडीएचका अन्वेषकहरूले जनवरीदेखि मस्कले साझा गरेका ५० पोष्ट भ्रामक र गलत रहेको बताएका छन् । एक्समा मस्कका झन्डै १ करोड ८३ लाख फलोअर छन् । यीमध्ये कुनै पनि पोष्टमा कम्युनिटी नोट नभएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार