अर्थतन्त्र ९ माघ २०७९
राष्ट्र बैंकले आज साढे १० अर्बको ट्रेजरी बोलकबोल गर्ने

ओमकार टाइम्स

नेपाल राष्ट्र बैंकले आज सोमबार साढे १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकले ९१ दिने र ३६४ दिने गरी दुई किसिममा कुल १० अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

सूचना अनुसार सोमबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समय भित्र अनलाइन आवेदन दिन सक्ने छन् । ट्रेजरीको बिक्री भने माघ १० गते मंगलबार हुनेछ । केन्द्रीय बैंकका अनुसार कुल ट्रेजरी मध्ये ३ अर्ब ६० करोड रुपैयाँ नवीकरण र ७ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गर्न लागिएको हो ।

यसअघि केन्द्रीय बैंकले माघ २ गते ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी जारी गरेको थियो । प्रस्तावित ट्रेजरीका लागि अधिकतम ११।२१ प्रतिशत र न्यूनतममा ९।५० प्रतिशतको ब्याजदर अफर भएकोमा बैंकले १०।५८६१ प्रतिशतमा ट्रेजरी बिक्री गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार