मुख्य समाचार
सुदूरपश्चिमका मन्त्रीको स्वकीय सचिव भन्दै कर्मचारीसँग पैसा उठाउने एक जना पक्राउ | एसियाली खेलकुद : बास्केटबलमा जापानसँग हार्‍यो नेपाल | कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त | कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्री : शिक्षकका सबै माग सम्बोधन हुन्छ | काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाखभन्दा बढीको चोरी | बुवाका यस्ता पाँच बानी जसले बनाउँछ छाेरालाई केयरिङ र उत्कृष्ट व्यक्ति | हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित | ओलीको दाबी : विरोधीले बुझे हुन्छ, एमालेले एकल बहुमत ल्याउँछ | राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन | केपी ओलीको प्रश्न : सय किलो सुन ६१ किलो कसरी भयो ? |

समाचार ५ श्रावण २०८०
कांग्रेस बैठकमा आरजुको आक्रोश : आलोचना बन्द गर्नुपर्छ

ओमकार टाइम्स

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले पार्टी नेतृत्वको सार्वजनिक रूपमा हुने गरेको आलोचना रोक्नुपर्ने बताएकी छन् । 

जारी केन्द्रीय समिति बैठकको चौथो दिन आफ्नो धारणा राख्ने क्रममा नेतृ देउवाले सार्वजनिक रूपमा पार्टी नेता र नेतृत्वप्रति भएको आलोचना बन्द गर्नुपर्ने बताएकी हुन् । साथै उनले क्रियाशील सदस्यता वितरणमा कडाइ गर्नुपर्ने बताइन् । 

 ‘क्रियाशील सदस्यता के के पुरा गरेपछि मात्र दिनुपर्ने हो त्यो किटान गर्नुपर्‍यो । अरूले पार्टीले दिए भन्दैमा हामी त्यसैमा किन दौडने ?’, प्रश्न गर्दै देउवाले भनिन्– ‘हाम्रो त जनताले प्रिन्सिपल बुझेको पार्टी हो, पुरानो पाटी पनि हो, हाम्रो आफ्नै प्रिन्सिपल छ ।’ 

उनले राजनीति गर्ने भनेकै असहज स्थितिमा गर्ने भन्दै पार्टीमा आबद्ध नेता कार्यकर्ता सबै पार्टीको सिद्धान्तअनुसार चल्न नसकेको बताइन् ।

‘पार्टी सिद्धान्तअनुसार चल्नुपर्‍यो । निर्वाचन आयोगले ३० प्रतिशत महिला उठाउनै पर्ने भनेको छ । हाम्रो पार्टीको त्यसमा के योजना हो ?’, उनले दलितहरूका लागि पनि आवश्यक मापदण्ड बनाउनुपर्नेमा जोड दिँदै समानुपातिकको व्यवस्था कहिलेसम्म राख्ने हो भनेर प्रश्न गरिन् ।

साथै उनले देशको सरकार कसरी चलेको छ भनेर यसबारे समेत बहस गर्न जरुरी रहेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार