तनहुँ। प्रहरीले गाई काटेको आरोपमा तीन जनालाई पक्राउ गरेकाे छ ।>
जिल्लाको शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिवार साँझ प्रहरीले पक्राउ गरेको हाे ।>
नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगेर काट्दै गरेको सूचनाका आधारमा त्यहाँ पुगेको थियो ।>
इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।>
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।>
>>