मुख्य समाचार
डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिशोध साँधेर रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए | राष्ट्रिय स्वतन्त्र पार्टीले रविलाई अन्याय भएको भन्दै गुहार्‍यो मानवअधिकारकर्मी | एनपिएलकै छिटो अर्धशतक प्रहार गरे पोखराका आन्द्रेस गौसले | सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा गुरुङ पक्राउ | न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु | एनपिएलमा कर्णाली याक्सको पहिलो जित | भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज काठमाडौँमा | सुनकाे मुल्यमा गिरावट | अमेरिकाको क्यालिफोर्निया शक्तिशाली भूकम्प | बोपाराको अर्धशतकमा चितवनले कर्णालीविरूद्ध जोड्यो १३० रन |

समसामयिक ५ असोज २०८०
आजको मौसम : देशभर आंशिक देखि सामान्य बदली रहने

ओमकार टाइम्स

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।

आज राति भने कोशी, मधेस, बागमती र  गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशको एक दुई स्थानमा चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार