स्थानीय समाचार २८ माघ २०७९
गौरादहमा `गोरेटो´ संचालन हुँदै

ओमकार टाइम्स संवाददाता

दमक । झापाको गौरादहमा सुविधा सम्पन्न रेष्टुरेन्ट संचालनको अन्तिम तयारीमा रहेको छ । आगामी फाल्गुन २ गते देखि ओैपचारिक रुपमा संचालनमा आउन लागेको `गोरेटो रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर ´ गौरादह १ स्थित आफ्नै भवनबाट संचालन हुँदैछ ।

करिब १ करोड ५० लाख रुपैया लगानी रहेको उक्त रेष्टुरेन्ट झापाको पश्चिम दक्षिण भेगका खानाको पारखिका लागि राम्रो गन्तव्य बन्ने देखिन्छ । गौरादह बजार क्षेत्रमा सफा , राम्रो , स्वास्थकर र शान्त वातावरणमा खाने ठाउको अभावलाई उक्त रेष्टुरेन्टले परिपुर्ति गर्ने विश्वास गर्छन् उक्त रेष्टुरेन्टका संचालक उदय कुमार ताजपुरिया ।

रेष्टुरेन्टमा खसी , कुखुराको सेकुवा सहित विभिन्न परिकारहरु , माछाको विभिन्न परिकारहरु , नान रोटी , रुमाल रोटी लगायतका खानेकुरा सहित विभिन्न पेय पदार्थहरुले खानाका पारखीहरुलाई आकर्षित गर्ने कुरामा ढुक्क छन् संचालक ताजपुरिया । उनका अनुसार शान्त सफा बातावरणमा गौरादह लगायत आसपासका क्षेत्रका ग्राहकहरुले खाना खानु पर्यो भने अन्यत्र भौतारिनु पर्ने बाध्यतालाई तोड्न र आफ्नै ठाउँमा केही गरौँ भन्ने भावनाले प्रेरित भएर रेष्टुरेन्ट संचालनमा ल्याउन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार