काठमाडौंँ । फिल्म ‘जय हो’ नयाँ गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गीतमा सागर आले मगरको र सदिक्षा अधिकारीको स्वर छ । गायक मगरकै शब्द तथा संगीत रहेको गीतमा फिल्मका मुख्य कलाकार केकी अधिकारी र सलोन बस्नेतको अभिनय छ ।>
कार्यक्रममा गीतका गायक तथा संगीतकार मगरले आफूले धेरै पहिले लेखेको गीत केही परिमार्जन गरेर फिल्ममा राखेको बताए । गायिका अधिकारीले गीतको शब्द तथा राम्रो भएकोले गीत चल्नेमा आफु आशावादी रहेको बताइन् ।>
गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । लामिछानेले फिल्म क्षेत्रमा आफुलाई टिकाउन शोभित बस्नेतको ठुलो योगदान रहेको भन्दै गीतको कोरियोग्राफी बस्नेतका लागि आफ्नो तर्फबाट गुरु दक्षिणा भएको बताए ।>
अभिनेता सलोन बस्नेते गीत तथा फिल्म ‘जय हो’ सबै दर्शकका लागि उत्कृष्ट दिने कोसिस गरेकोले हेरेर प्रतिक्रिया दिन अनुरोध गरे । >
टेक पौरखी राईको निर्देशन रहेको फिल्ममा केकी र सलोनको अलवा अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।>
फिल्ममा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स छ ।>
सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म भदौ ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । फिल्मका वितरक जिजिए ग्रुप हो ।>
>>