मुख्य समाचार
आजको राशिफल : २०७९ साल माघ १६ गते सोमबार | अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही हुने | सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यले रवि लामिछानेलाई नागरिकताको मुद्दा हालियो: शंकर पोखरेल | अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमको कार्ययोजना तयार | नेप्सेले तोड्नै सकेन छ महिना अघिको उचाई, २१९६ मा कडा प्रतिरोध | गृह मन्त्रालयबारे गठबन्धनमा छलफल जारी, रास्वपालाई दिन माओवादीको आनाकानी | नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्छु : स्वास्थ्यमन्त्री गिरी | सुमन सायमीको आरोप : बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश | नेपाली महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त | रविलाई फेरि सभापति बनाउने रास्वपाको तयारी, केन्द्रीय समिति बैठक बोलाइयो |

समाचार १० माघ २०७९
बाजुरा भूकम्प: केही घर भत्किए, क्षतिको विवरण संकलन हुँदै

ओमकार टाइम्स

बाजुरामा केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण केही घरहरू भत्किएका छन्।

बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार  केही घर भत्किएका छन् भने केही घर चर्किएका छन्।

स्थानीय दिलबहादुर थापाका अनुसार भूकम्पका कारण बुढीगंगा नगरपालिकाका वडा नम्बर ७ र ८ मा केही घर भत्किएका छन् भने

बडीमालिका नगरपालिकामा सामुदायिक भत्किएको छ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर बिष्टले भूकम्पका कारण अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए।

‘अरू क्षतिबारे प्रहरीले विवरण संकलन गरिरहेका छन्,’ उनले भने।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो।

भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका अधिकांश जिल्लामा भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार