मुख्य समाचार
सुदूरपश्चिमका मन्त्रीको स्वकीय सचिव भन्दै कर्मचारीसँग पैसा उठाउने एक जना पक्राउ | एसियाली खेलकुद : बास्केटबलमा जापानसँग हार्‍यो नेपाल | कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त | कांग्रेस बैठकमा कार्यवाहक प्रधानमन्त्री : शिक्षकका सबै माग सम्बोधन हुन्छ | काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाखभन्दा बढीको चोरी | बुवाका यस्ता पाँच बानी जसले बनाउँछ छाेरालाई केयरिङ र उत्कृष्ट व्यक्ति | हडिया खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित | ओलीको दाबी : विरोधीले बुझे हुन्छ, एमालेले एकल बहुमत ल्याउँछ | राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन | केपी ओलीको प्रश्न : सय किलो सुन ६१ किलो कसरी भयो ? |

खेल २ असोज २०८०
संविधान दिवसको अवसरमा अन्तर बैंक फुटसल

ओमकार टाइम्स

काठमाडौँ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको आयोजनामा अन्तर बैंक फुटसल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिता संविधान दिवसको अवसरमा आयोजना गर्न लागिएको समितिले जनाएको छ । 

प्रतियोगिता असोज ३ देखि ६ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौँको हाँडीगाउँस्थित धनयन्तरी फुटसल हवमा सञ्चालन हुने प्रतियोगितामा बैंक तथा वित्तिय संस्थाका ५७ वटा टोलीको सहभागिता रहने बताइएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ३७ र महिलातर्फ २० वटा टोलीले सहभागिता जनाउने छन् । ‘सवल संस्थाका लागि स्वस्थ्य कर्मचारी, स्वस्थ्य कर्मचारीका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने उक्त प्रतियोगिताको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।

प्रतियोगिताको सह—प्रायोजकमा माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, नविल बैंक, प्रभु बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्स रहेका छन् । 

प्रतियोगिताका लागि ओम हस्पिटल एन्ड रिसर्च सेन्टरले मेडिकल सपोर्ट उपलब्ध गराएको जानकारी आयोजक समितिले दिएको छ । प्रतियोगिताको क्वार्टरफाइनलदेखिका खेलहरु गोलनेपालडटकमबाट प्रत्यक्ष प्रसारण गरिने छ ।

प्रतिक्रिया

arachni_name) ६ असोज २०८०, शनिबार

1

arachni_name ६ असोज २०८०, शनिबार

1)

arachni_name ६ असोज २०८०, शनिबार

1

arachni_name"'`-- ६ असोज २०८०, शनिबार

1

arachni_name ६ असोज २०८०, शनिबार

1"'`--

सम्बन्धित समाचार