प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशले एपीएफ क्लबलाई २५५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।>
सिद्धार्थनगर क्रिकेट स्टेडियममा जारी खेलमा कोशी पूरै ५० ओभरमा २५४ रन बनाएर अलआउट भएको हो ।>
कोशीका लागि शकिब हकले अर्धशतकीय पारी खेले । उनले ६३ बलमा ११ चौका प्रहार गर्दै ६८ रनको योगदान गरे ।>
कप्तान अङ्कित सुवेदीले ३५, आइश भट्टराईले ३४ र सुजन थपलियाले ३३ रन बनाए ।>
एपीएफका लागि अभिषेक गौतम र मौसम ढकालले ३–३ विकेट लिए ।>>