मुख्य समाचार
शिक्षकको आन्दोलनले कोर एरियामा दिनभर ट्राफिक जाम | महिला क्रिकेट : भारत र पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा | शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री श्रेष्ठलाई | शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र | सरकारले भन्यो–शिक्षकसँग गरेका सहमतिबाट पछि हट्दैनौँ | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | ‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’ | इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति | विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न महानगरको आग्रह |

पाकिस्तानका स्वास्थ्यमन्त्रीले इमरान खानको मानसिक अवस्थामाथि उठाए प्रश्न

एजेन्सी

इस्लामावाद । पाकिस्तानका स्वास्थ्यमन्त्री अब्दुल कादिर पटेलले शुक्रबार इमरान खानको मानसिक अवस्थाबारे प्रश्न उठेको बताएका छन् । उनले पूर्वप्रधानमन्त्रीको पिसाबको नमूनामा रक्सी र कोकिनको प्रमाण भेटिएको आरोप लगाए । 

उनले पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का प्रमुख खानको मेडिकल रिपोर्टबारे पत्रकार सम्मेलन गरेका हुन् । ९ मे मा, खान अल-कादिर ट्रस्ट घोटाला मामिलामा पक्राउ परेका थिए जसपछि उनको स्वास्थ्य जाँचको लागि पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा नमूनाहरू लिइएको ।

उनका अनुसार पाँच जना वरिष्ठ चिकित्सकको टोलीले खानको मानसिक अवस्थाबारे प्रश्न उठाइरहेको छ । उनले खानको मेडिकल रिपोर्ट आधिकारिक दस्तावेज भएकाले देशलाई देखाइने बताए ।

पाकिस्तानी मिडियाका अनुसार मेडिकल रिपोर्टमा डाक्टरहरूले इमरान खानसँग लामो समयसम्म कुरा गर्दा उनको व्यवहार फिट व्यक्तिको जस्तो थिएन भन्ने लेखिएको छ । पटेलले खानको पिसाबको नमूनाको प्रारम्भिक परीक्षणमा रक्सी र कोकिनको प्रमाण भेटिएको पनि आरोप लगाए । मन्त्रीले खानको खुट्टामा भाँचिएको कुनै लक्षण नभएको भन्दै ‘पाँच–छ महिनासम्म किन प्लास्टर गरिएको ?’ भन्दै प्रश्न गरे ।

यसैबीच इमरान खानको पार्टीले मन्त्रीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरिरहेको बताएको छ ।

प्रतिक्रिया