मुख्य समाचार
निर्वाचनमा ७ अर्ब खर्च भयो, ३ अर्ब फिर्ता गर्ने तयारीमा छौं: प्रमुख निर्वाचन आयुक्त थपलिया | कोरोनाविरुद्धको खोप अभाव : बुस्टर डोज नपाउँदा विदेश जानेलाई सास्ती | जहाज उडानमा अब ५ वटा नयाँ नियम! | लोक सेवाबाट सेवा प्रवेश गरेका बहालवाला कर्मचारीलाई उमेर हद नलगाउन अन्तरिम आदेश | बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार | राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति कांग्रेसमा मात्रै छ : नेता कार्की | नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने | नेपाललाई विकसित देशको रुपमा अघि बढ्न बेलायतले सघाउने, स्वास्थ्यमन्त्रीसँग राजदूतले के भनिन् ? | क्यान अध्यक्ष चन्दलाई कांग्रेस महामन्त्री शर्माको फोन | करिब ५ महिनापछि राष्ट्रिय टीमको प्रशिक्षणमा फर्किए सन्दीप |

समाचार कला ३ पौष २०७९
५१ औं दिन मनाएको 'महापुरूष' पहिलो 'कार्बन तटस्थ' फिल्म घोषित

ओमकार टाइम्स

प्रदीप भट्टराई निर्देशित फिल्म 'महापुरूष' ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ। 

प्रदर्शनको आठौं हप्तामा प्रवेश गरेको फिल्मले शनिबार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१ औं दिन पार गरेको हो।

मल्टिप्लेक्स चेन क्युएफएक्स, कमलपोखरीस्थित बिग मुभिज, जमलस्थित विश्वज्योति सिनेप्लेक्स, गोंगबुस्थित बिएसआर मुभिज, किर्तिपुरस्थित सिनेप्लेक्स, न्युरोडस्थित रञ्जना सिनेप्लेक्स, सुन्धारास्थित सिनेडी सेफ, चाबहिलस्थित एफक्युब, बानेश्वरमा र कालिमाटीमा रहेको वान सिनेमाज र आइएनआइ सिनेमाजअन्तर्गत लोत्से मलमा प्रदर्शनको ५१ औं दिन पूरा भएको छ। 

यो फिल्म घरेलु बक्स अफिसमा १० करोडभन्दा बढी कमाइ गरेको छ। ५१ औं दिन पुगेको अवसरमा निर्माण टिमले केक काट्दै सेलिब्रेसन गरेका छन्। शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै यो फिल्म ‘कार्बन तटस्थ’ बनेको जानकारी दिएको छ। निर्माताले कार्बन उत्सर्जन कटौती गर्नेतर्फ फिल्मले महत्वपूर्ण वातावरणीय अध्याय थालेको बताए।

फिल्म निर्माणको सुरुदेखि अन्त्यसम्म वीन्ड-पावर नेपालले गरेको अध्ययनमा 'महापुरूष'ले ६.४१ टन कार्बन उत्सर्जन गरेको उल्लेख छ। ग्रीनहाउस ग्याँस (जीएचजी) प्रोटोकलअनुसार उक्त संस्थाले अध्ययन गरेको हो।

यो उत्सर्जन बेलायतमा फिल्म निर्माण गर्दाको भन्दा ९० गुणाले कम रहेको अध्ययनमा संलग्न सम्राट पाठकले बताए। बेलायतमा एउटा फिल्म निर्माण गर्दा ६०० टन र हलिउडमा १८ सय टन कार्वन उत्सर्जन हुने तथ्य उनले प्रस्तुत गरे।

उनका अनुसार छायांकनदेखि समापनसम्म तीन स्कोपअन्तर्गत रहेर ‘कार्बन फुटप्रिन्ट’ को अध्ययन गरिएको थियो। जसमा फिल्म छायांकनको बेला प्रयोग भएको बिजुली बस ४ हजार किलोमिटर गुडेको र यसबाट ३ टन कार्बन उत्सर्जन हुनबाट जोगिएको छ।

६ टनभन्दा बढी कार्बन उत्सर्जन गरेको तथ्यांक बाहिर आएपछि फिल्म निर्माताले २६६ रुख रोप्ने र ११ किलोवाट सोलार प्यानल जडान गर्ने घोषणा गरेका छन्। अभिनेता हरिवंश आचार्य एक्लैले गाउँमा डेढसय रुख रोप्ने र यसका लागि पानी ट्यांकीको निर्माण भइरहेको बताए।

‘मसँगै फिल्मकर्मीलाई सामाजिक सन्देश भन्न समेत उर्जा मिलेको छ। यसले नेपालसँगै अमेरिकाको डलासमा समेत ५१ औं दिन पूरा गरेको छ,' निर्देशक भट्टराईले भने। 

कार्यकारी निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँले व्यक्तिगत रुपमा पनि कार्बन तटस्थ बन्ने प्रयासमा रहेको बताए।

भट्टराईको डेब्यु फिल्म ‘जात्रा’सँगै ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ले समेत ५१ औं दिन पार गरेको थियो। उनी लगातार चौथोपटक दर्शकसँगै घरेलु बक्स अफिसमा सफल निर्देशक बनेका छन्।

सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ मा मदनकृष्ण र हरिवंशसँगै गाैरी मल्ल, रविन्द्र सिंह बानियाँ, अरूण क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेललगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया

सम्बन्धित समाचार